अमेरिकाका एक युवकले आफ्नै साथीको हत्या गरी उसको मुटु र मस्तिष्कको मासु पकाएर खाएका छन् । मेरिल्याण्डको मोर्गन स्टेट युनिभर्सिटीमा पढ्ने २१ वर्षका अलेक्जेन्डर किन्युआले आफ्नै साथी कुजोइ बोन्साफोको हत्या गरी उनकै मासु खाएका हुन् ।
गएको शुक्रबार हराएका कुजोइको सरीरका केही भाग फेला परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा अलेक्जेन्डरले मारेर खाएको खुलासा भएको हो ।
अलेक्जेन्डरले कुजोइको हत्या गरी टाउको फोरेर गिदी निकालेको र छाति च्यातेर मुटु निकालेको अनी एक एक गरी खाएको स्विकार गरे । पछि उनले टाउको त्यहीँ छाडेर गिँड लगेर नजिकैको चर्चको पछाडि फ्याँकिदिएका रहेछन् ।
अलेक्जेन्डरले साथीको हत्या गरेर मुटु र गिदी खानुको कारण भने खुल्न सकेको छैन । चिकित्सकहरुले उनी मानसिक रोगी रहेको हुनसक्ने अनुमान गरेका छन् । उनले केही दिनअघि मात्र कलेजमा एक साथीमाथि निर्घात कुटपिट गरेका थिए ।
यसैबीच अमेरिकाको मियामीमा एक व्यक्तिले अर्को व्यक्तिमाथि आक्रमण गरी उसको अनुहार चपाइदिएका छिन् । यद्यपि अनुहार चपाउने ती आक्रमणकारी प्रहरी कारवाहीमा मारिएका छन् । अनुहार चपाइएका व्यक्ति सुकुम्बासी रहेको र उनको अहिले उपचार भैरहेको बताइएको छ ।